दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा

काठमाडौं, ५ जेठ । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२३.५१ अंकले घटेर २२५०. ९१ विन्दुमा पुगेको छ । यो साता आइतवार र सोमवार सार्वजनिक बिदा रहेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१९ कम्पनीको १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । त्यसदिन १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यद्यपि कारोबार दिनहुँ घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका छन् । आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । भने एक वटाको बढेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७.४५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज लुम्बीनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रोमोटर शेयर भएको छ । यस कम्पनीको आज १२ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here