अचानक प्रेमिकाको बानी बदलियाे ? हुनसक्छ उनी अर्कै युवकको खोजीमा छिन्

हरेक सम्बन्ध विश्वासमा टिकेको हुन्छ । एक आपसमा विश्वास भएन भने कुनैपनि सम्बन्ध लामो समयसम्म अगाडी बढ्न सक्दैन ।

त्यसैले सम्बन्धमा प्रेमको साथसाथै विश्वास पनि हुनु आवश्यक हुन्छ ।

यदी तपाईंपनि कसैसँग सम्बन्धमा हुनुहुन्छ तर, तपाईंलाई आफ्नो प्रेमी वा प्रेमिकासँग विश्वास छैन भने त्यो सम्बन्लाई तपाईं धेरै समयसम्म टिकाउनसक्नुहुन्न ।

अझै कतिपय अवस्थामा त यस्तो पनि हुन्छ कि एउटा सानो गल्तीको कारण सम्बन्ध नै बिग्रने सम्मको स्थिती पैदा हुन्छ ।

आफ्नो सम्बन्धलाई हरदम मजबुत र दिगो बनाउनको लागि तपाईंले धेरै कुरामा ध्यान दिनुपर्छ ।

तपाईंबाट जान अन्जानमा हुने कुनै सानो गल्तीको कारण तपाईंको पार्टनर अर्कै साथीको खोजी गर्न थाल्छिन् ।
केटाको तुलनामा केटीहरुले धेरै छिटो निर्णय गर्ने गर्छन् । कतिपय अवस्थामा त तपाईंसँग प्रेमसम्बन्धमा हुँदा नै उनले तपाईंको विकल्पमा अरु युवक खोज्न थालिसकेकी हुन्छिन् ।

यस्तो अवस्थामा केटीहरुले देखाउने व्यवहारबाट अरुको खोजीमा हो की होइन भन्ने बारेमा थाहा पाउन सकिन्छ ।

तपाईंलाई पनि आफ्नो प्रेमिकाले आफूलाई वेवास्ता गरिरहेको वा आफूबाट टाढिन खोजेको महशुस हुन थालेको छ भने उनको जीवनमा अरुनै कसैको प्रवेश हुन लागेको छ भन्ने कुरा बुझ्नुपर्छ ।

निम्न संकेतहरुबाट पनि उनी अरुकै खोजीमा भएको थाहा हुन्छः

१. पासवर्ड परिवर्तन गर्नु

यदि तपाईंको प्रेमिकाको पटक—पटक फोनको पासवर्ड फेरिरहने बानी छ भने तपाईं यस्तो अवस्थामा सर्तक हुन जरुरी हुन्छ ।
यस्तो अवस्थामा तपाईंले उसले केही कुरा लुकाइरहेकी छ वा उ तपाईंलाई त्यती धेरै महत्व दिन्न भन्ने बुझ्न जरुरी हुन्छ ।

२. सामाजिक सञ्जालहरुमा सक्रिय नहुनु

यदी तपाईंको प्रेमिकाले पहिले सामाजिक सञ्जालहरुमा तपाईं र उनको फोटो राख्ने गरेकोमा आजभोली अचानक छाडेकी छिन् भने उसको तपाईं प्रतिको झुकाब कम भएको छ भन्ने बुझ्नुपर्छ ।

३. योजनाहरु बदल्नु

यदि तपाईंको प्रेमिकाले आजभोली बिदामा घुम्न जाने योजनाहरु बनाउन छाडेकी छिन् भने अब उसलाई तपाईंसंग संगै हिड्न मन लाग्न छाडेको छ भन्ने बुझ्नुपर्छ । वा हुन सक्छ त्यो समयमा उनी अरु नै कसैलाई भेट्न खोज्दैछिन् ।

४. अन्य मानिससँग तुलना गर्नु

प्रेमिकाले तपाईंको तारिफ गर्न छाडेर अन्य मानिसहरुसंग तुलना गर्न सुरु गरेको छिन् भने उनी तपाईंबाट खुसी छैनन् भन्ने बुझ्नुपर्छ । हुन सक्छ उनी अरु नै पुरुषप्रति आकर्षित भइरहेकी छिन् र तपाईंबाट टाढा जाँदै छिन् ।

५. प्राय झुट बोल्नु

धेरै झुट बोल्नु पनि प्रेमसम्बन्धमा राम्रो होइन । यसले सम्बन्धमा फाटो ल्याउँछ । यदि तपाईंको प्रेमिका पनि धेरै झुट बोल्ने गर्छिन् भने उनले तपाईंलाई माया गर्दिनन् भन्ने बुझ्नुपर्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here