आजबाट शुक्रबार पनि हुनेछ सेयर कारोबार

काठमाडौं,६ जेठ । आजबाट शुक्रबार समेत सेयर कारोबार सूचारु हुने भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेपछि पहिलो पटक आज शुक्रबार सेयर कारोबार खुला हुने भएको हो । सरकारले १ जेठबाट लागु हुने गरि सातामा दुई बिदा कार्यान्वयनमा ल्याएको हो ।

पेट्रोलियम पदार्थको खपत कम गर्ने भनी ल्याएको यस प्रावधानका कारण सेयर कारोबार चार दिनमा खुम्चिने भएपछि शुक्रबार समेत कारोबार खुला गर्ने निर्णय भएको हो । कारोबार हुने समय भने साविककै हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here