रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ९३ करोडमा सीमित

काठमाडौं, ६ जेठ । निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।

शुक्रवार नेप्से १५.८२ अंकले घटेर २३३५.०९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ वटामा बढेको छ भने अन्य १२ वटा राताम्मे भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । विहीवार १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ४.९४ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेलीको भएको छ । यस कम्पनीको आज ३ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here