रोजगारी, कृषि र गरिबीलक्षित कार्यक्रम मर्ज गर्ने तयारी

७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेटबाट रोजगारी, कुृषि र गरिब लक्षित कार्यक्रमहरुलाई मर्ज गरि एकीकृत कार्यक्रम बनाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार छरिएर छुट्टाछुट्टै रुपमा संचालित कार्यक्रमलाई आगामी बजेटबाट एकीकृत रुपमा लैजाने गरी तयारी भइरहेको छ ।

यसले लक्षित वर्गसम्म कार्यक्रम लैजान सकिने अर्थमन्त्रीको भनाई छ । अर्थमन्त्रीले बजेटमार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन् । यसले एकसाथ ठूलो संख्यामा रोजगारी सिर्जना हुने छ । जसले गरिबी निवारणमा मद्दत पुग्ने उनले बताए ।

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा केन्दबाट संचातिल खुद्रे कार्यक्रमहरुमा व्यापक कतौती हुने छ । यस पटक सांसद विकास कोषका नाममा जाने रकम समेत विनियोजन हुने सम्भावना कम छ ।

अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउन जनप्रतिनिधिलाई परिचालनको नीति लिने तयारी समेत गरेका छन् । आफ्नो क्षेत्रमा संचालिन कार्यक्रमको अनुगमनमा आफै अनुगमनमा जाने गरी जनप्रतिनिधिलाई जिम्मेवार बनाइने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here