यी १० वस्तु, जसले ओगट्छ कुल आयातमा आधा हिस्सा

काठमाडौं, ७ जेठ । नेपालमा पेट्रोलियम पदार्थसहितको १० प्रमुख वस्तुले कुल आयातको आधा हिस्सा ओगट्ने गरेको पाइएको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल आयात हुने वस्तुमध्ये पहिलो तीन नम्बरसम्म पेट्रोलियम पदार्थ पर्छ ।

चालु आवको १० महिना बितिसक्दा कुल वस्तु आयात १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.९५ प्रतिशत धेरै हो । यसमा सबैभन्दा ठूलो हिस्सा डिजेलको रहेको पाइएको छ । दोस्रो स्थानमा पेट्रोल र तेस्रो स्थानमा खाना पकाउने ग्याँस रहेको छ ।

टप टेन आयात हुने वस्तु (१० महिना)

१ डिजेल : १ खर्ब २३ अर्ब ७० करोड रुपैयाँ

२. पेट्रोल : ५४ अर्ब ८३ करोड रुपैयाँ

३ एलपी ग्याँस : ५२ अर्ब १ करोड रुपैयाँ

४. भटमासको कच्चा तेल : ४९ अर्ब ४१ करोड रुपैयाँ

५. एमएस बिलेट : ४३ अर्ब ५८ करोड रुपैयाँ

६. मोबाइल टेलिफोन : ३६ अर्ब ९४ करोड रुपैयाँ

७. सुन : ३५ अर्ब ७७ करोड रुपैयाँ

८. कच्चा पाम तेल : ३४ अर्ब ७४ करोड

९. एचआर सीट : ३२ अर्ब ३८ करोड

१०. भ्याक्सिन : ३२ अर्ब ६ करोड

घट्दो क्रममा आयातको वृद्धिदर
सरकारले विलासी वस्तु आयातमा कडाई गरेपछि भने आयातको वृद्धिदर केही कम भएको छ । चैत २०७८ को तुलनामा वैशाख २०७९ को एक महिनामा २० अर्ब रुपैयाँ कम वस्तु आयात भएको छ । भन्सारको तथ्यांक अनुसार ०७८ चैतमा १५७ अर्ब बराबरको वस्तु आयात भएकोमा वैशाखमा घटेर १३७ अर्बमा सीमित भएको छ ।

विभागको तथ्यांक अनुसार सरकारले आयातमा कडाइ गरेपछि मोटरसाइकलको आयात घटेको छ । एमएस बिलेट, गहुँ, चिनी, डीएपी मल, सिमेन्ट क्लिङ्कर, स्वास्थ्य उपकरण, हातहतियार र धानको आयातसमेत केही घटेको छ । यसबीचमा डिजेल, पेट्रोल, एलपी ग्याँस, कच्चा पाम तेल, खोप, शुद्ध फलाम, सुन, भट्टमासको तेलको भने आयात बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here