पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास प्रतिसिलिण्डर २०० रुपैयाँ बढ्यो

काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले आइतवार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ। अहिले निगमलाई लिटर पेट्रोलमा रु २२.९४, डिजेलमा रु ३५.३३ घाटा रहेको छ । यस्तै ग्यासमा प्रति सिलिन्डर १०५० घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समग्रमा १५ दिनमा करीब रू ४ अर्ब ४९ करोड घाटा हुने स्थिति रहेपछि मूल्यवृद्धि गर्नुपरेको निगमको भनाइ छ।

मूल्य समायोजन पश्चात पनि निगमलाई महिनामा एलपी ग्यासमा करिव रू ३ अर्ब घाटा हुने देखिएको छ भने डिजेलमा करिव रू ३ अर्व ४० करोड घाटा हुने देखिएको छ । यस्तै पेट्रोलमा करिव रू १ अर्व घाटा रहने देखिएको निगमको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here