५ जना डीआईजीलाई बढुवाको सिफारिस, पहिलो नम्बरमा उत्तमराज सुवेदी

काठमाडौं, ९ जेठ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जनालाई बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस सूची अनुसार डीआईजी उत्तमराज सुवेदी, १ नम्बरमा दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यस्तै मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएकोमा उमेरहदका कारण उनले शनिबारबाट अवकाश पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here