शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २२०० मा झर्‍यो

काठमाडौं, ९ जेठ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४कम्पनीको १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँ बराबरको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । शुक्रवार ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज मिथिला लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेको छ । त्यसैगरी, वीन नेपनल लघुवित्त ५.८७, तेह्रथुम पावर, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

त्यस्तै, युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र हिमालयन ऊर्जा कम्पनीका शेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।

घट्दो बजारमा आज गुँरास लघुवित्तका शेयरधनीले भने सबैभन्दा धेरै ६.२० प्रतिशत कमाएका छन् ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर पौने ४ करोड र नेपाल लाइफ साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here