रिभर फल्स पावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, ९ जेठ । रिभर फल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड बाँडफाँड भएको छ । कम्पनीले सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। आइपीओमा कुल १८ लाख ९ हजार २५९ आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ता माग भएको थियो।

तीमध्ये १८ लाख ५ हजार ४४० आवदेकबाट परेको २ करोड १ लाख ९५ हजार ९१० कित्तामात्रै बाँडफाँडका लागि सदर भएका छन्। बाँकी ३ हजार ८१९ आवेदकबाट माग भएको ११ लाख ९८ हजार ७२० कित्ता विभिन्न कारणले बदर भएका छन्।

जसमा कुल सदर आवेदकमध्ये २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १५ लाख ५१ हजार ५५० आवेदकको हात खाली भएको छ।

कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसरी हेर्नुहोस् नतिजा

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रभु क्यापिटल लिमिटेड र रिभर फल्स पावर वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here