नबिल बैंक सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। यही जेठ ७ गते (शनिबार) सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको हो।

बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल आगामी असार ७ गते सकिँदै छ । त्यसपछि रिक्त हुने पदमा बैंकले ढुंगानालाई नियुक्त गरेको हो ।

ढुंगानाले आगामी असार १७ गतेदेखि नबिलको सीईओको रुपमा पदबहाली गर्नेछन् । ढुंगानाले नबिल र नेपाल बंगलादेश बैंकको मर्जरमा ठूलो भूमिका खेलेका थिए । ढुंगानासँग बैंकिङ क्षेत्रमा ३ दशक लामो काम गरेको अनुभन छ ।

उनी यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। उनले क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here