सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं, १० जेठ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मंगलबर बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

उक्त नीति तथा कार्यक्रम आज ४ बस्ने संघीय संसदमा पेस हुनेछ ।

आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछिन् ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते नयाँ बजेट आउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here