घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

काठमाडौं, १० जेठ । सरकारले आगामी आगामी वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ ।

घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भनि आलोचना भइरहेको समयमा सरकारले यसलाई रोक्ने नीति ल्याएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने भनिएको छ।

अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसलाई रोक्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here