यी हुन् सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रम, के–के छ प्राथमिकतामा (पूर्णपाठ)

काठमाडौं, १० जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ग उद्योग क्षेत्रमा लगानी विस्तार देखि उत्पादन वृद्धिसम्म र कृषि क्षेत्रको स्तरोन्नति देखि मल, विउविजनमा सहुलियतसम्मका योजनाहरु रहेका छन् ।

यस्तै औद्योगिक उत्पादन पहुँचका लागि विद्युतीय प्रणाली उपयोग गर्ने, घरजग्गा कारोबार कम्पनीमार्फत गर्ने, सरकारले सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्टसिटीजस्ता संरचनाको योजनाहरुलाई समावेश गरिएको छ ।

त्यस्तै निर्माणकै चरणमा दूरसञ्चार, विद्युत्, ढल, खानेपानीलगायत पूर्वाधारका लागि एकीकृत युटिलिटी कोरिडोर बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्मको युटिलिटी कोरिडोर आगामी आर्थिक वर्षमै प्रारम्भ गरिने लगायतका बुँदाहरु समावेश गरिएको छ ।

त्यस्तै, सरकारले विदशबाट रेमिटेन्स पठाउनेहरुको लागि थप अनुदान दिएर प्रोत्साहित गर्न थय योजना ल्याउने योजना अघि सारिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने भएको छ । गुणस्तरीय प्राङ्गारिक मलमा रासायनिक मलमा दिएकै अनुपातमा अनुदान उपलब्ध गराउने भएको हो ।

सरकारले कृषिमा सूचना र प्रविधिको प्रयोग बढाउँदै सरकारले बाँझो जमिनमा सामूहिक खेती प्रवर्द्धन गर्ने उद्घोष गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धान, मकै, प्याज, स्याउ, ओखरजस्ता बढी आयात हुने वस्तुको उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने बताइन् । त्यस्तै सरकारले रबर खेतीका लागि विशेष योजना ल्याउने समेत भएको पनि उनले बताइन् ।

(हेर्नुस् पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here