दोहोरो अंकले बढ्यो नेप्से, सबै समूहको परिसूचक हरियो

काठमाडौं, ११ जेठ । शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता लगातार दोहोरो अंकले घटेको नेप्से मंगलवारदेखि दोहोरो अंकले लयमा फर्केको हो ।

बुधवार बजार मापक सूचक नेप्से १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँ बराबरको २६ लाख ९४ हजार ९३९ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका सबै समूहको परिसूचकमा हरियाली छाएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

व्यापार समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर र निर्जीवन बीमा समूह पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

चार कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बलेफी हाइड्रो, मैलुङखोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको हो । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यसैगरी, मैलुङ खोला ५.८४, सिंगटी हाइड्रो ५.३३, गुराँस लघुवित्त ५.२२, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, अपर तामाकोशी र जाल्पा लघुवित्तको शेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.१३ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको सवा ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, अरुण काबेली साढे ४ अर्ब र नबिल बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here