‘ सरकारले मनपरी मूल्य बढाएर जनतालाई सतायो, भोट खसालेको भोलिपल्टै मूल्यवृद्धि किन’ ?

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन्।

सरकारको नीति तथा कार्यक्रमबारे बिहीबार बसेको संसद बैठकमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएका हुन्।

उनले एक हप्तामा दुईपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको बताउँदै समायोजन गर्ने नीति कहाँ गएको भन्दै प्रश्न गरे ।

‘यो गठबन्धन सरकारले जनतालाई चर्को मूल्यवृद्धिको मारमा पारेको छु, उनले भने, ‘अर्थतन्त्रलाई तहसनहस बनाएको छ। यो म्यादी सरकारले मनपरी मूल्य बढाएर जनतालाई सताएको छ।’

ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताए ।

‘३० गते भोट खसाल्ने बेलासम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यबृद्धिको डण्डाले हानिदिने ?’ ओलीले भने, ‘त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो ।

पेट्रोलियम पर्दामा भएको मूल्यबृद्धिको असर सबै क्षेत्रमा पर्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक बस्तुको मूल्य स्वभाविक रुपमा बढ्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here