यसरी दिनुहोस् थ्री-फेज लाइन जोड्न अनलाइनबाटै आवेदन

file

काठमाडौं, १२ जेठ । नेपाल विद्युत् प्राधिकरणले थ्री–फेज विद्युत लाइनको लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

यसअघि आफ्नो नजिकको वितरण कार्यालयमा गएर निवेदन बुझाउनुपर्नेमा अब भने अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

केहि समय पहिलेदेखि नै परिक्षणका रुपमा सुरु गरिएको थियो। उक्त परिक्षण सफल भएपछि देशब्यापी अनलाइन प्रणाली सुरु अनिवार्य गरिएको प्राधिकरणले जनाएको छ ।

घर वा व्यवसायिक भवनमा धेरै विद्युत् खपत् गर्ने अवस्थामा थ्री फेज लाइन आवश्यक पर्छ ।

अनलाइन आवेदन दिने ग्राहकहरुले आवेदन कारबाही कुन अवस्थामा रहेको छ, पेस भएका कागजातहरु पर्याप्त छन्र छैनन् । लगायत आवेदन स्वीकृति आदिको जानकारी समेत अनलाइनबाटै लिन सकिन्छ।

अनलाइन आवेदन दिएपछि सेवाग्राहीलाई दर्ता नम्बरसहितको एसएमएस आउँछ। दर्ता नम्बरका आधारमा ‘अलरेडी रजिष्टर्ड’ अप्सनमा गएर आफ्नो फाइल ट्रयाक गर्न सकिने प्राधिकरणले जनाएको छ।

सबै विवरण ठिक भए त्यसको जानकारी आउँछ भने विवरण वा कागजात नमिले पुनस् समिटको अनुरोध सहितको एसएमएस आउँछ।

कुनै कारणले दिन नसकिने भए त्यसको जानकारी समेत सेवाग्राहीलाइ दिइनेछ। भने हार्ड कपी लिएर आवेदन दिन जानेहरुको समेत प्राधिकरणका कर्मचारीले अनलाइन आवेदन भरिदिनेछन्।

विद्युतीय सवारीको बिक्री बढेसँगै घरघरमा चार्जिङ स्टेशन राख्ने क्रम समेत बढेको छ । घरमा लिफ्ट प्रयोग गर्न, चार्जिङ स्टेशन जडानको लागि प्राधिकरणसँग थ्री फेज लाइन माग्ने ग्राहकको संख्या पनि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here