शेयर बजारका लगानीकर्ता पौडेलको आग्रह-‘सरकार ५२ लाख डिम्याट होल्डरको बारेमा सोच्‍नुस्’

काठमाडौं, १३ जेठ । शेयर बजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सरकारलाई ५२ लाख डिम्याट होल्डरको बारेमा सोच्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँग सामाजिक सञ्जाल मार्फत पौडेलले उक्त आग्रह गरेका हुन् । राष्ट्र बैंकले कुनै पनि व्यवस्था हेरफेर नगरी समीक्षा गरेको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत ४–१२ करोडको शेयर धितो कर्जामा परिवर्तन हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई यथावत राखेको छ ।

त्यस लगत्तै उनले फेसबुक मार्फत भनेका छन् – ‘सरकार ! सबै नीतिले जनतालाई मात्र नोक्सानी हुँदैन सरकारललाई पनि हुँदो रहेछ भन्ने कुरा गत वर्ष भाद्र महिनामा उठेको कर रकम र यही वैसाख महिनामा पूँजी बजारबाट संकलन भएको राजस्व हेरे हुन्छ।

फेरि अर्को कुरा पूँजी बजारले दिने राजस्वले न त विदेशी मुद्रा खर्च हुन्छ न कुनै जनताको स्वास्थ्यलाई नै बिगार्छ।

तसर्थ ढीलो नगरी आगामी बजेटमा महासंघले दिएका सुझावलाई सम्बोधन गर्नुहोस। लगानीकर्ताहरुको मनोबल वृद्धि गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउनुहोस। केही कुरा त ५२ लाख डिम्याट होल्डरको बारेमा पनि सोच्ने की।’

सीडीएससीको तथ्यांक अनुसार हालसम्म शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेको हो । धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४३ लाख ९ हजार १८० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here