आइतवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले आइतवार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै विकास ऋणपत्र २०८२ ग को छैठौं किस्ताको अर्ध बार्षिक ब्याज भुक्तानीको लागि सहजहोस् भनेर आइतवार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।

आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ ।

यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।

आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here