आयात प्रतिस्थापना नगरे अर्थतन्त्र गम्भिर संकटमा जान्छ : गगन थापा

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेकोले आयात घटाउनुपर्ने बताए ।

शनिबार प्रतिनिधि सभमा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले मुलुकको अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको भन्दै आयात घटाउन सुझाव दिएका हुन् ।

यो संकट विगतमा जस्तै गरी पार लगाउन सकिने खालको नभएको उनले बताए । थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्न सुझाए ।

सो अवसरमा उनले नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै उनले अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा जानु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here