हरेक नेपालीकोे टाउकोमा ६३ हजार ३१० रुपैयाँ ऋणको भार

काठमाडौं,१४ जेठ । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८ ७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ । आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्बमध्ये ८ खर्ब ६३ अर्ब रुपैयाँ आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब रुपैयाँ बाह्य ऋण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here