पाँचौं नेपाल बिल्डकन, निर्माण उपकरण र सामग्रीको वृहत प्रदर्शनी

क्लाउडपत्रिका
काठमाडौं २१ माघ ।
पाचौं नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो यही माघ २५ बाट शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डमा तीन दिनसम्म चल्ने एक्स्पोमा निर्माण उपकरण तथा सामग्रीको प्रदर्शन हुने आयोजक मिडिया स्पेस सलुसन्सले जानकारी दिएको छ । प्रदर्शनीमा संसारभर पछिल्लो समय उपलब्ध निर्माण सामग्री, उपकरण, प्रणालीको अवलोकन गर्न पाइने बताइएको छ । यहा १५ देशका १७५ भन्दा धेरै ब्राण्ड सहभागि हुने आयोजकको भनाई छ ।

प्रदर्शनीमा सिमेन्ट, स्टील, हार्डवेयर, केमिकल्स, इन्टेरियरमा प्रयोग हुने सामग्री, हेभि इक्वीपमेण्ट, वायर, केवलसहित निर्माणमा प्रयोग हुने विविध सामग्रीका स्टल रहने छन् । यस कार्यक्रमलाई नेपाल इन्जिनियरिङ सोसाइटी, सोसाइटी अफ नेप्लिज आर्किटेक, नेपाल निर्माण व्यवसायी महासंघलगायत संघसंस्थाले सहयोग गर्ने आयोजकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here