तारा एयरलाइन्सले निकाल्यो विज्ञप्ति-‘अड्कलबाजी बढी भए, खोजी कार्य जारी छ’

फाइलफोटो

काठमाडौं, १५ जेठ । जहाज सम्पर्कविहीन भएपछि तारा एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको छ । समाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका कारण एयरलाइन्सले प्रेस विज्ञप्ति निकालेको हो ।

पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ। विमानको अवस्थाबारे खोजतलासका लागि गएको हेलिकप्टर खराब मौसमका कारण जोमसोम फर्किएको छ ।

मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्तिमा उल्लेख छ।

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here