कृषि मन्त्रालयका लागि रु.५५ अर्ब ९७ करोड बजेट विनियोजन,कृषि उत्पादनका लागि रु.१० अर्ब

काठमाडौं, १५ जेठ । सरकारले कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संसदमा आईतबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई विशेष केन्द्रमा राखेर सो बराबरको बजेट विनियोजन गरिएको बताए ।

जसअन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, कृषि उपजको निर्यातमा प्रोत्साहन, आयातमा कडाई, मल खरिदमा सहजीकरणलगायतका बिषयहरु समेटिएका छन् ।

त्यसैगरी सरकारले कृषि उत्पादनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । साथै आगामी आर्थिक बर्षलाई कृषि उत्पादन बर्षको रुपमा मनाउने घोषण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here