काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले कार्यस्थलमा हुने हिंसा रोक्नका लागि कार्यक्रम ल्याउने बताएको छ ।
साथै महिला र पुरुष कामदारलाई लिंगको आधारमा भेदभाव नहुने गरी समान ज्यालाको व्यवस्था पनि गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताए ।
यसका साथै श्रम अडिटलाई प्रभावकारी बनाउने र वालश्रम निवारण कानून प्रभावकारी बनाई सबै स्थानीय निकायलाई वालश्रम मुक्त बनाउने योजना पनि उनले सुनाएका छन् ।