बसपार्कको होटलमा बसेर बनाउँदै थिए लुटपाटको योजना, परे प्रहरीको फन्दामा

काठमाडौं, ३० असार । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीको टोलीले बन्दुक सहित तिनजना व्यक्तिलाई पक्राउ गरेको छ ।

तुटपाटको योजना गरिरहेको भन्दै प्रहरीलाई प्राप्त भएको सुचना अनुसार असार २९ गते काठमाडौंको गंगबु नयाँवसपार्क स्थित नेपाल तारा गेष्टहाउसबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा घरभई हाल काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोट घरभएका ३७ वर्षिय राम कुमार राई र नुवाकोट घरभएका २७ वर्षिय प्रितम राई रहेका छन् ।

उनीहरुबाट मेड ईन ईटाली लेखिएको पेट्रो बाराटा अटोमेटिक पेस्तोल एक थान, डब्लुसिसि लेखिएको लाईभ राउन्ड गोली पाँच थान बरामत भएको प्रहरीले बताएको छ ।

सबिन खवास नाम गरेका अवियुक्त पहिले पनि नुवाकोट बस्ने एक व्यक्तिलाई शारीरिक बन्दक बनाएको केशमा पक्राउ परेर डिल्ली बजार कारागारमा रहेका थिए ।

खवास कारागारबाट छुटेपछि नुवाकोटका ती दुई राईसँग ठेक्कापट्टाको क्रममा भेट भएको र उनीहरुले संगै लुटपाट गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here