पाकिस्तानले खुला गर्यो एयरस्पेस, भारतीय वायुसेवालाइ राहत

३१ असार, नयाँ दिल्ली । बालाकोट एयरस्ट्राइकपछि पाकिस्तानले बन्द गरेको आफ्नो आकास भारतीय वायुसेवा कम्पनीका लागि पनि खुला गरेको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले सूचना जाी गर्दै एयरस्पेस खुला भएको घोषणा गरेको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बालाकोट एयरस्टाइकको १४० दिनपछि पाकिस्तानी आकास भारतीय वायुसेवा कम्पनीको उडानका लागि खुला भएको हो ।

पाकिस्तानी एयरस्पेस बन्दको असर एयर इण्डियालाई प्रत्यक्ष रुपमा परेको थियो । समाचार अनुसार पाकिस्तानी एयरस्पेस बन्द भएयता एयर इण्डियाले ४९१ करोड भारु गुमाइसकेको छ ।

गत १४ फेब्रुअरीमा पुलवामामा आत्मघाती बम विस्फोटमा परी भारतीय सैनिक मारिएपछि पाकिस्तान र भारतबीच तनाव शुरु भएको थियो ।

त्यसपछि पाकिस्तानले भारतीय सबै जहाजका लागि आफ्नो एयरस्पेस बन्द गरिदिएको थियो । पाकिस्तानी एयरस्पेस प्रयोग गर्न नपाएपछि नयाँ दिल्लीबाट उडान भर्ने अधिकांश अन्तराष्ट्रिय उडानको उडान समय बढ्न गई इन्धन खपत ह्वात्तै बढेको थियो ।

एयर इण्डियाको उडानमा लाग्ने अतिरिक्त इन्धन र कर्मचारीको खर्च बढ्दा दैनिक ६ करोड भारु अतिरिक्त लागत लागिरहेको कम्पनीको भनाई छ ।

नयाँ दिल्लीबाट अमेरिका जाने जहाजलाई पाकिस्तानी एयरस्पेस प्रयोग गर्न नपाएपछि अतिरिक्त ३ घण्टा अतिरिक्त समय लागिरहेको थियो । यूरोप उडान करीव दुई घण्टा बढेको थियो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here