वर्षातले नदीमा बहाव बढ्दा विद्युत निर्यात वृद्धि

काठमाडौं,२३ जेठ । वर्षायाम सुरु भएसँगै नेपालका नदीहरुमा पानीको बहाव बढेको छ । यसले निर्यातयोग्य विद्युत उत्पादन बढ्दा नेपालबाट भारत निर्यात हुने विद्युतको परिमाण समेत बढेको छ ।

आइतबारको तथ्यांक अनुसार नेपालबाट दैनिक औसतः ५ करोड रुपैयाँससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि नेपाल विद्युत प्राधिकरणले दैनिक निर्यात गर्ने विद्युतको मात्रा ठूलो भएको हो ।

सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्दैछ । प्राधिकरणका अनुसार मंगलबार १७६ मेगावाटसम्म बिजुली निर्यात हुनेछ । कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।

सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको छ । न्युनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणको भनाई छ । नेपालबाट रातको समयमा खपत हुन नसकेको बिजुली भारत गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here