पूर्वका यी शहरमा कुनै पनि बेला इण्टरनेट अवरुद्ध हुनसक्ने

काठमाडौं, २४ जेठ । इण्टरनेट सेवा प्रदायक संघले पूर्वका विभिन्न शहरहरुमा कुनै पनि समयमा इण्टरनेट सेवा अवरुद्ध हुनसक्ने बताएको छ ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढंगले आफ्ना इण्टरनेट प्वाइन्ट डाटा सेन्टर पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेडी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ ।

प्राधिकरणले ती स्थानहरुमा विद्युत लाइन काट्दा त्यहाँ व्याकअप सिस्टमको प्रयोग भइरहेको छ । त्यसले गर्दा इलाम, बिराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान, डोटीमा इण्टरनेट चलिरहेको अवस्था भएको बताइएको छ ।

व्याकअप सिस्टमले धान्न छोडेपछी यी स्थानहरुमा कुनै पनि समयमा इण्टरनेट सेवा अवरुद्ध हुन सक्ने बताएको हो ।

साथै संघले नेपाल सरकारको उच्च स्तरीय समितिको प्रतिवेदन अनुसार भएमा मात्र प्रदायकहरु भाडा तिर्न तयार भएको समेत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here