काठमाडौं महानगर र ल्याण्डफिल साइटका बासिन्दाबीच १८ बुँदे सहमति, फोहोर रातिमात्र ढुवानी गरिने

फाइलफोटो

काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १८ बुँदे सहमति भएको छ ।

बिहीबार राति भएको काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच भएको बैठकमा फोहोर ढुवानी रातिमा मात्र गर्ने सहमति भएको छ।

गएराति काठमाडौँ महानगपालिकामा बञ्चरेडाँडामा फोहोर लैजाने सहमति भएको थियो। ककनी गाउँपालिकाका १ र २ नम्बर वडाध्यक्ष र धुनवेशी नगरपालिकाको १ र ३ नम्बरका वडाध्यक्षसँग फोहोर लानेबारे महानगरपालिकाले सहमति गरेको थियो।

महानगरले रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको छ ।

यसैगरी सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here