कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ३० जेठ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ १३ पैसा छ ।

यूरो एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३२९ रुपैयाँ ६१ पैसा र खरिददर ३३१ रुपैयाँ २१ पैसा रहेको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here