बजेटमा उठेका प्रश्नको संसदमा मन्त्रीहरुले जवाफ दिँदै

काठमाडौं, ३० जेठ । संसदमा जारी बजेट छलफलमा आजबाट विभागीय मन्त्रीहरुले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । सोमबार र मंगलबार गरी मन्त्रालगयत रुपमा जवाफ लिइने छ ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले समग्र रुपमा उठेका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि बजेट पास हुने छ । संसद सचिवालयका अनुसार सोमबार ११ बजे बोलाइएको बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम तय भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

सांसदहरुले बजेट मन्त्रीको निर्वाचन केन्द्रित भएको, दिसाहिन भएको, वितरणमुखी भएको र लक्ष्य प्राप्त गर्न कठिन रहेको भन्दै आलोचना गरेका छन् । त्यसको जवाफ मन्त्रीहरुले दिनेछन् । बजेट १ साउनबाट कार्यान्वयनमा आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here