कुन-कुन कर्मचारीका सन्तानले पाए प्रोत्साहन छात्रवृत्ति, सबै शुल्क सरकारले बेहोर्ने (नामसहित)

काठमाडौं, ३० जेठ । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययनको लागि प्रोत्साहन छात्रवृत्ति दिएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा यस पटक भने जुनसुकै विषयमा यो सुविधा दिएको हो ।

निजामती कर्मचारीका ६ सय ९९ सन्तानले देशभरका विभिन्न कलेजमा शैक्षिक प्रोत्साहन छात्रवृत्ति मार्फत अध्ययन गर्न पाउने छन् ।

कर्मचारीका सन्तानले शैक्षिक प्रोत्साहन वृत्ति स्वरुप विभिन्न विषय पढन पाउने भएका हुन् । सन्तानले इन्जिनिरियङ, कानून, व्यवस्थापन, कृषि विज्ञान, सूचना प्रविधि र चिकित्सा शास्त्र जस्ता विषय पढ्न पाउने छन् ।

निम्न आय भएका र अरक्षणका कर्मचारीका छोराछोरीले छात्रवृत्ति पाऊन् भन्ने उद्देश्यले उक्त व्यस्था गरिएका जनाइएको छ ।

के छ मापदण्डमा ?

निर्देशिका अनुसार २० लाख रुपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख र १५ लाखसम्म शुल्क लाग्ने भएमा चार लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिनेछ । १० लाखभन्दा बढी १५ लाखसम्म शुल्क लाग्ने भएमा तीन लाख र १० लाखसम्म शुल्क लाग्ने भएमा दुई लाख प्रदान गरिनेछ ।

पाँच लाखसम्म शुल्क लाग्ने भए एक लाख छात्रवृत्ति प्रदान गरिनेछ । एक लाख रुपैयाँ वा सो भन्दा कम शुल्क लाग्ने भएमा त्यस्ता विद्यार्थीको सबै शुल्क छात्रवृत्ति रकमबाट बेहोरिनेछ । छनोट भएका छात्रवृत्ति रकम सबै सम्बन्धित शैक्षिक संस्थाको खातामा पठाइनेछ ।

प्लस टु वा सो सरहको परीक्षामा कम्तीमा सी प्ल ग्रेड वा जीपीए २.४ वा सो सरह अंक प्राप्त गरी उत्तीर्ण भएकालाई छात्रवृत्तिका लागि योग्य मानिनेछ ।

यस्तै, स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भई स्नातक तहको प्रथम वर्षमा अध्ययन गरिरहेको हुनुपर्नेछ । त्यस्तो अध्ययन गर्ने विद्यार्थीको उमेर २५ वर्ष कट्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here