आइतवारको बिदा खारेजसँगै नेप्सेको नयाँ निर्णय, शेयर बजार सातामा ६ दिने खुल्ने

काठमाडौं, ३० जेठ । शेयर बजार अब हप्तामा ६ दिन खुल्ने भएको छ । सोमबार बसेको नेप्सेको बैठकले सातामा ६ दिन कारोबार संचालन गर्ने निर्णय गरेको हो।

साताको ६ दिन कारोबार खुल्ने भए पनि शुक्रबार भने आधादिन अर्थात् २ घण्टा (११ बजेदेखि १ बजेसम्म) मा मात्र शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

अहिले सातामा ५ दिन (सोमबार-शुक्रबार) बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर बजार खुल्दै आएको छ । जेठअघि आइतबारदेखि बिहीबारसम्म बजार खुल्दै आएको थियो ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेसँगै जेठदेखि सोमबारदेखि शुक्रबारसम्म खुल्दै आएको छ ।

सरकारले असारदेखि आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै अब आइतबारदेखि शुक्रबारसम्म बजार खुल्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here