मुद्रास्फीति नियन्त्रण गर्ने अमेरिकी फेडको कदमले ओरालो लाग्यो एशियाली शेयर बजार

काठमाडौं । केहीदिनयता एशियाली शेयर बजारमा तीब्र गिरावट आएको छ । फेडरल रिजर्भले मुद्रास्फीतिलाई नियन्त्रण गर्न कडा कदम चाल्ने डरले अमेरिकामा मूल्य बृद्धि बढेको छ ।

त्यसैको एशियाली बजारमा प्रभाव देखिएको हो । यता अमेरिकी डलर दुई दशकमा पहिलो पटक १ सय ३५ जापानी येनमा बलियो भयो ।

गत महिना अमेरिकी मुद्रास्फीति ४० वर्षमा हालसम्मकै उच्च विन्दुमा पुगेको एक आधिकारिक तथ्यांकले देखाएको छ ।

बेइजिङमा कोविड–१९ संक्रमणको बारेमा चेतावनीले विश्वव्यापी आर्थिक वृद्धिको बारेमा लगानीकर्ताहरूको चिन्ता पनि थपिएको छ ।

सोमबार, जापानको बेन्चमार्क निक्की इन्डेक्स र दक्षिण कोरियाको कोस्पी ३ प्रतिशत भन्दा बढी कम थियो, जबकि हङकङको ह्याङ्ग सेङ २ दशमलव ८ थियो ।

अष्ट्रेलियाको शेयर बजार रानीको जन्मदिनको सार्वजनिक बिदाको लागि बन्द थियो। योसँगै भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा ७८ रुपैयाँभन्दा तल झर्दा नयाँ कीर्तिमानी न्यून विन्दुमा पुगेको छ ।

यसैबीच बिटक्वाइन डिसेम्बर २०२० पछिको सबैभन्दा न्यून स्तरमा २५ डलरमा झेरेको छ । आधिकारिक तथ्याङ्कले देखाएको छ कि संयुक्त राज्यमा मूल्यबृद्धि गत महिना अपेक्षित भन्दा छिटो बढेको छ ।

बढ्दो ऊर्जा र खाद्य लागतले मुद्रास्फीतिलाइ १९८१ पछिको उच्चतम स्तरमा धकलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here