मौद्रिक नीतिको पर्खाइमा शेयर बजार, लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा

काठमाडौं, ३० जेठ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् ।

केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । शुक्रवार ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.६४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, निर्जीवन बीमा, उत्पादनमूलक समूहको पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावरका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

घट्दो बजारमा आज मानुषि लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५.४० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, ओरेन्टल होटल ५.२०, बुद्धभूमि हाइड्रोपावर ५.०६, उपकार लघुवित्त ४.५१, हिमालयन बैंक, लक्ष्मी लघुवित्त, लिबर्टी इनर्जी, राष्ट्रि बीमा कम्पनीको प्रमोटर शेयर र नेपाल इन्स्योरेन्सको शेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, उपकार लघुवित्त साढे ५ करोड र सिभिल बैंक ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here