‘मूल्यमा आएको उतारचढावले मल ल्याउन सकिएन, असारको अन्तिमसम्म आउँछ’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूची स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

उनले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया शुरु गरेपनि समयमै ल्याउन नसकिएको बताए।

मन्त्री यादवले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहेपनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएको जिकिर गरे।

उनले समयमै मल आपूर्ति गर्ने ठेकेदारले मल ल्याउन नसकेकाले सरकारले ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारबाहीको प्रक्रियासमेत सुुरु गरिएको बताए।

जीटुजीको माध्यमबाट भारतबाट मल खरिद गर्नका लागि अहिले डेढ लाखमध्येमा ५० हजार मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन डिएपी असारको अन्तिमसम्म आउने दाबी गरे ।

युरिया , डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको श्रोत सुनिश्चितता गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here