गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्न सक्छ ‘ट्रान्जिट एयरर्पोट’ ?

काठमाडौं, ३१ जेठ । सरकारले निजगढमा निर्माणको योजना बनाएको अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थल बनाउने योजना छ । यता, संसदीय समितिले भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत ‘ट्रान्जिट एयरपोर्ट’का रुपमा विकास गर्न सरकारलाई सुझाव दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गरेको छ ।

उक्त प्रतिवेदनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यात्रु स्थानान्तरण विमानस्थल (ट्रान्जिट एयरपोर्ट)का रुपमा विकास गर्न प्राधिकरणले विशेष पहल गर्नुपर्ने भनी निर्देशन दिइएको हो ।

नेपालमा अहिले संचालनमा रहेको काठमाडौंस्थित त्रिभुवन विमानस्थल गन्तब्य विमानस्थल मात्र हो । समितिले भने गौतमबुद्धलाई नयाँ अवधारणामा संचालन गर्न निर्देशन दिएको हो । यसले विमानस्थलले विजनेश पाउने अपेक्षा गरिएको छ ।

यो विमानस्थलको नजिक केही पराना संरचना र विभिन्न उद्योगरकलकारखाना रहेको भन्दै ती संरचना हटाउन समेत समितिले निर्देशन दिएको छ । सो स्थानबाट हटाएर अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो विमानस्थलमा स्थायी वैकल्पिक इन्धन भण्डारणको व्यवस्था गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

गौतमबुद्ध विमानस्थलको पश्चिमतर्फको धावनमार्ग बढाएर यात्रु कक्ष समेत विस्तार गर्न समितिले भनेको छ । यो विमानस्थलको उडान सहज बनाउन छिमेकी राष्ट्र भारतसँग हवाई मार्गका सम्बन्धमा आवश्यक पहल गरी अन्तर्राष्ट्रिय यात्रु सेवाको उडान छोटो र कम खर्चिलो बनाउन समेत समितिले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here