ट्विटर किन्ने अनिश्चितताकाबीच कर्मचारीसँग छलफल गर्दै मस्क

काठमाडौं, ३१ जेठ । गत चैतमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने प्रस्ताव गरेर पटक पटक चर्चा तथा विवादमा आएका एलन मस्कले पहिलो पटक कम्पनीका कर्मचारीहरुसँग कुराकानी गर्ने भएका छन् ।

संसारकै धनीमध्येका एक मस्कसँग विहीबार हुने सो भेटमा ट्विटरका कर्मचारीले प्रश्न पनि सोध्न सक्ने बताइएको छ । यसको जानकारी ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले कर्मचारीलाई इमेलमा दिएका हुन् ।

यद्यपि आफूले मस्कसँग सोध्न चाहेको प्रश्न भने उनीहरुले इमेलमा पहिले नै पठाउनु पर्नेछ, बीबीसीले एक रिपोर्टमा उल्लेख गरेको छ ।

यसैवीच, ट्विटर प्लाटफर्ममा भएका फेक अकाउण्टहरुको बारेमा विवरण दिन नसकेकमा आफू खरीद प्रस्तावबाट पछि हट्ने मस्कले चेतावनी दिएका छन् ।
कम्पनीले आफ्ना प्रयोगकर्ताको सही विवरण नदिएको उनको आरोप छ ।

केही विश्लेषकहरुले फेक अकाउण्टलाई मस्कले आफूले प्रस्ताव गरेको मूल्यमा बार्गेन गर्नका लागि प्रयोग गर्न सक्ने आँकलन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here