निर्वाचन लक्षित लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउँदै सात वटै प्रदेश

१ असार, काठमाडौं । सात वटै प्रदेशले आज (१ असार)मा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन् । करीव ३ खर्ब हाराहारी पुग्ने सात वटै प्रदेशको बजेट वितरणमुखी कार्यक्रममा लक्षित हुनेछ । किनकी आगामी आर्थिकध वर्ष प्रदेशमा निर्वाचन हुने छ । सबैजसो प्रदेशले ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् ।

विकास निर्माणका पुराना कार्यक्रमलाई निरन्तरता दिएर वितरणमुखी कार्यक्रममा बढी बजेट राख्ने तयारीमा प्रदेश सरकार रहेका छन् । प्रदेश १ सरकारले ३८ अर्ब रुपैयाँ भन्दामाथिको बजेट ल्याउँदैछ । कृषि क्षेत्रलाई प्राथमिकता राख्ने भनेको यो सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विशेष कार्यक्रमलाई निरन्तरता दिने छ ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको हाराहारीमै बजेट ल्याउने तयारी गरेको छ । बजेट क्षमता विकास, लगानी प्रवर्द्धनमा केन्द्रित गर्ने मधेश सरकारको तयारी छ । वाग्मती प्रदेश सरकारले संघीय र प्रादेशिक चुनाव लक्षित लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउँदैछ । कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारको भनाई छ ।

गण्डकी प्रदेश सरकारले निर्वाचनलक्षित गरी बजेट ल्याउँदैछ । लुम्बिनी प्रदेश सरकारले वितरणमुखी कार्यक्रम केन्द्रमा राख्नेछ । कर्णालीमा समेत नयाँ कार्यक्रमको तयारी छैन । सुदुरपश्चिम सरकारले केही भौतिक पूर्वाधारमा नयाँ सम्भाब्यता अध्ययन गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here