कान्ति बाल अस्पतालमा बर्षातकाे पानी भण्डारण गर्ने प्रणाली जडान

काठमाडौं, ३१ असार । कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) जडान गरिएको छ ।

स्मार्ट पानी प्रा.लि.ले बोर्टलस नेपालको सहयोगमा योजना सम्पन्न गरी कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको हो ।

मंगलबार अस्पतालमा एक कार्यक्रम गरी उक्त योजना हस्तान्तरण गरियो । योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेश कुमार राई, स्मार्टपानीका तर्फबाट सुमन शाक्य र बोटलर्स नेपाल लि. का तर्फबाट प्रदीप पाण्डेको उपस्थिति रहेको थियो ।

आफु संचालनमा रहेको समुदायमा तथा समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका–कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन व्यवस्थापनको निम्ति निरन्तर काम गर्दै आएको छ ।

तीव्र जलवायू परिर्वतनका साथ, विश्वव्यापी तापक्रम परिर्वतन भइरहेको र जनसंख्या पनि बढ्दो क्रममा अवस्थामा उपयूक्त पानी व्यवस्थापन पनि निकै महत्वपूर्ण भएको छ ।

काठमाडौंमा वार्षिक रुपमा करिब ६ देखि ७ महिना पानी पर्दछ जुन उचित व्यवस्थापन गर्न सके वर्षभरिका लागि पर्याप्त हुन्छ । रेन वाटर हार्भेस्टिङ प्रणालीलाई पानीको समस्या कम गर्न एक उत्तम प्रणालीको लिन सकिन्छ ।

यसले वर्षातको पानीलाई संचित गरेर खडेरीको सिजनमा यसलाई पुनःप्रयोग गर्न मद्दत गर्दछ । यस प्रविधिले पानीको राम्रो व्यवस्थापन गर्न पनि मद्दत पु¥याउँछ ।

अस्पतालमा ग्राउन्ड वाटर रिचार्ज प्रणाली समेत जडान गरिएको छ । यस अस्पताल उपत्यकाको उत्तरी भागमा पर्ने भएकाले रिर्चाजका लागि अत्यन्तै उपयूक्त मानिन्छ र यस योजनाले इनारको पानीमा ग्राउन्ड वाटर परिपूर्ति गर्न मद्दत पुर्याएर आसपासको समुदायलाई लाभान्वित गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here