मनसुनका कारण चितवन राष्ट्रिय निकुन्ज भित्र पर्यटकीय गतिविधि बन्द

चितवन, १ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बुधबारबाट बन्द भएको छ । मनसुनको समयमा जोखिम हुने भन्दै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयरसहितका गतिविधि बन्द गरिएको हो ।

निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटो बिग्रिने र रूख लडेर बाटो अवरुद्ध हुन सक्ने जोखिम भएकाले अर्को सूचना जारी नभएसम्म निकुञ्जभित्रका पर्यटकीय गतिविधि बन्द गरिएको निकुन्जले जनाएको छ ।

निकुञ्जले हरेक वर्ष वर्षा सुरु भएपछि राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बन्द गर्छ । सौराह जाने धेरैजसो पर्यटकको आकर्षणमा निकुन्ज भित्रका गतिविधि पर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here