नेप्सेमा गिरावट कायमै, लगानी नै डुब्ने चिन्तामा लगानीकर्ता

काठमाडौं, १ असार । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुरेका छन् ।

केन्द्रीय बैंकले शेयर बजारमैत्री नीति अवलम्बन नगर्दा त्यसको प्रभाव शेयर बजारमा परेको छ । जसको कारण शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २९.८९ अंकले घटेर १९६६.३३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार१ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा समूहको परिसूचक राताम्मे भएको छ । घट्दो बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशत र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेरको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कस्तो व्यवस्था गर्छ भन्नेमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here