बागमती प्रदेश: कृषिलाई साढे ४ अर्ब बजेट, बीउमा आत्मनिर्भर बनाउने घोषणा

काठमाडौं, १ असार । बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

आगामी आर्थिक बर्ष २०७९/८० का लागि कृषि क्षेत्रलाई ४ अर्बको बजेट छुट्याएको छ ।

आगामी वर्षका लागि प्रदेश सरकारले बीउमा आत्मनिर्भर बन्ने, रासायनिक मल र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाउने, दुग्ध पाउडर प्लान्ट सञ्चालन, खोरेत तथा रेबिज नियन्त्रण लगायतका योजना अघि सारेको छ ।यसका साथै, एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको योजना समेत प्रदेशले अघि सारेको छ ।

मन्त्री जमरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै प्रदेशलाई अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।

सरकारले बीउमा आत्मनिर्भर बनाउने कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरेको छ । कार्यक्रमले प्रदेशलाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउने उनले बताए । त्यस्तै, बागमती प्रदेश सरकारले रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्ने गर्ने भएको छ ।

यसका लागि सरकारले १८ करोड २७ लाख बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here