गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोडको बजेट,पूर्वाधारलाई मुख्य प्राथमिकता (पूर्णपाठ)

काठमाडौं, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । बुधबार अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभा उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।

कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार (३६.९५ प्रतिशत) र पूँजीगतर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ (६१.६६ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरण २ अर्ब ११ करोड १० लाख रुपैयाँ छट्याइएको छ ।

सरकारले आन्तरिक राजस्व ५ अर्ब ९ करोड, रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै, संघ सरकारले दिएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, शसर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here