बजेटले माग सम्बोधन गरेकोमा सिमेन्ट उद्योगी उत्साहित, औद्योगीकीकरणमा योगदान पुग्ने

काठमाडौं, २ असार । नेपाल सिमेन्ट उत्पादक संघले बजेटमा उद्योगीहरुको मागलाई समेटेको भन्दै बजेटको स्वागत गरेका छन् । सरकारले ल्याएको आ.व. २०७९\०८० को बजेटले स्वदेशमा स्थापित सिमेन्ट\ क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वद्र्धन गर्न र देशको व्यापारघाटा कम गर्न निकासीमा नगद प्रोत्साहन गर्ने र उद्योगहरुले उपभोग गर्ने विद्युत महशुलमा छुट दिईएको व्यवस्थाको स्वागत गरेका हुन् ।

बजेटमा निर्यातलाई प्राथमिकतामा राखेर उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरुको हितमा रहेको व्यहोरा संघले जानकारी दिएको छ ।

यसबाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुने संघको जिकिर छ । ‘साथै यि उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा रु. १५० अर्ब भन्दा वढि रकमको निकाशी गर्ने सम्भावना रहेको छ, संघको विज्ञप्तिमा उल्लेख छ, ‘यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्ने व्यहोरा अवगत गराउँदछौं ।’

साथै यस बजेटवाट देशको औद्योगीक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था समेतको हार्दिक स्वागत गरेको छ ।
यस व्यवस्थावाट देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने बिश्वास संघको छ ।

आ.व. २०७९\८० को यस बजेटले गरेको उपरोक्त व्यवस्थाहरु कार्यान्वयनमा ल्याउनका लागि सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध संघले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here