नबिल बैंकले ‘नबिल इको फ्रेन्डली बिजनेस लोन’, साबिकको भन्दा ०.५% कम ब्याजमा ऋण

काठमाडौं, २ असार । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको फ्रेन्डली बिजनेस लोन’ जारी गरेको छ।

बैंकले फोहोर-मैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरू, पर्यावरणमैत्री व्यवसायहरू तथा वन विनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदर सहित नयाँ कर्जायोजना ल्याएको हो।

यस कर्जा योजना अन्तर्गत बैंकले साबिकको भन्दा ०.५ प्रतिशत कममा कर्जा उपलब्ध गराउँनेछ। बैंकले पर्यावरणमैत्री व्यवसायीहरूको व्यवसाय बढाउन मद्दत गर्ने क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरू प्रदान गरी व्यवसायीहरू माझ वित्तीय पहुँचमा जोड दिने बताएको छ।

साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवाहरू वितरणलाई सहज बनाउने उदेश्यले नबिल एसएमई सहकार्य योजनामा आबद्ध गराउनेछ।

nic
‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजनाले हाम्रो दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई र एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बताए।

उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरूलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरूलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरूमा समावश गर्नेछ।

हाल बैंकले आफ्नो देशभर रहेको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here