काठमाडौं, २ असार । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ ।
दुई बैंक बीच बिहीबार एकआपसमा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।
अब एकीकृत कारोबार नहुन्जेल दुवै बैंकको शेयर कारोबार रोक्का हुने छ । मर्जरपछि दुवै बैंकको शेयर ‘ग्लोबल आइएमई बीओक बैंक’को बैंकको नामबाट हुनेछ ।