रोकियो शेयर बजारको ओरालो गति, अलमलमा लगानीकर्ता

काठमाडौं, २ असार । शेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि ओरालो लागेको बजारमा विहीवार न्यून अंकको सुधार आएको हो ।

विहीवार बजार मापक सूचक नेप्से १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँ बराबरको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनाममा कारोबार रकममा गिरावट आएको छ । बुधवार १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लामो समय घटेको शेयर बजार बढेसँग लगानीकर्ता अलमलमा परेपछि आजको कारवार घटेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा र लगानी बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । त्यस्तै, अन्य समूह सबैभन्दा धेरै २.८१ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर र सामुदायिक लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, किसान लघुवित्त ७.६९, एनसीसी बैंक ६.६५, लिबर्टी इनर्जी ५.२९, सपोर्ट माइक्रोफाइनान्स ५.०२, माछापुच्छे बैंक ४.०६, ओरेन्ट होटलको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यसैगरी, एनसीसी बैंकको १० करोड र सिभिल बैंकको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here