यस्तो छ विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२५ रुपैयाँ २२ पैसा

काठमाडौं, ३ असार । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको को लागि एक अमेरिकी डलरको १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

युरो एकको खरिद दर १२९ रुपैयाँ ५३ पैसा र बिक्री दर १३० रुपैयाँ १५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५१ रुपैयाँ ०५ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ०५ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here